शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मान्सी अग्रवाल : जो मानिसलाई सफलताको बाटो देखाउँछिन्

'प्रेरणा जीवनको अमृत तत्त्व हो'
मङ्गलबार, ०६ माघ २०७७, ०९ : ११
मङ्गलबार, ०६ माघ २०७७

हामी सधैँ सफलता चाहन्छौँ । चुक्न र झुक्न चाहँदैनौँ । आफूले गरेको काम सधैँ राम्रो होस् । आफू परिवार र आफन्त सबैको हाईहाईमा रहन सकौँ भन्ने चाहना हुन्छ ।

तर जीवनको सफलता भनेको कुनै रोगविरुद्ध एन्टिबायोटिक खाए जसरी प्राप्त हुँदैन । यो त एक निरन्तरता र योजनाबद्ध प्रक्रियाबाट प्राप्त हुँदै जाने हो । जसमा मिहिनेत प्रक्रियामा कार्य वा सङ्घर्षको प्रमुख भूमिका रहने गर्छ ।

सङ्घर्ष त गरिरहेकै छु तर सफलता, मान, सम्मान, इज्जत र पैसा मिलिरहेको छैन, सङ्घर्ष सबै व्यर्थ सावित भएका छन् भन्ने मनमा लाग्न सक्छ । अब म केही पनि गर्न सक्दिनँ, मेरो जीवन सकियो जस्तो लाग्न सक्छ ।

यस्तो अवस्थामा जीवनका लागि एक तत्त्व अमृत हुन सक्छ, त्यो हो ‘मोटिभेसन’ अथात् प्रेरणा ।

मोटिभेसन त्यस्तो जड तत्त्व हो जसले मानिसलाई सफल बनाउँछ । उत्प्रेरणा जगाएर प्रसन्न तरिकाले कर्म र सङ्घर्षमा लगाउँछ । शरीरलाई बाँच्नका लागि जसरी नियमित पौष्टिक आहारको आवश्यक हुन्छ त्यसरी नै जीवनमा आइपर्ने कुनै पनि कार्य स्वतः स्फूर्त रूपमा सही ढङ्गले अगाडि बढाउन हाम्रो मस्तिष्कलाई आन्तरिक ऊर्जाको जरुरी हुन्छ । त्यो खुराक मोटिभेसनमार्फ् मिल्ने गर्दछ ।

सफलताको कथासँग जोडिएर आफ्नो जीवन सकियो भन्दै निराश अवस्था पुगेका कैयौँ व्यक्तिलाई जीवन सफल बनाउने ऊर्जा र प्रेरणा दिँदै आएकी व्यक्ति हुन्– मान्सी अग्रवाल ।

अग्रवाल विभिन्न वर्कसप, भिडियोमार्फत विगत ६ वर्षदेखि मानिसलाई मोटिभेसन गर्दै आएकी छन् । स्कुल, कलेजबाट सुरु भएको उनको मोटिभेसन यात्रा अहिले विभिन्न ठूलाठूला व्यावसायिक कम्पनीसम्म पुगेको छ । उनी आफैँ व्यावसायिक कम्पनीमा गएर कर्मचारीहरुलाई काम तथा जीवनलाई नयाँ ढङ्ग र गतिमा अगाडि बढाउन मोटिभेसन दिँदै आएकी छन् ।

त्यसको अलवा उनी सामाजिक सञ्जालबाट पनि भिडियो सेयर गरेर सर्वसाधारणलाई मोटिभेसन गर्ने गर्छिन् । सामाजिक सञ्जालबाट शेयर गरेको भिडियोले समेत मानिसको जीवनमा परिवर्तन ल्याएको उनीसँग थुप्रै उदाहरण छन् ।

‘एउटा टिनएजर्स भर्खर पार गरेकी केटी थिइन् । जसको विवाहपछि बच्चासमेत भइसकेको थियो । तिनै केटीलाई जीवन अब सकियो भन्ने लग्थ्यो’ अग्रवालले भनिन्, ‘ती केटीले सामाजिक सञ्जालबाट मेरो मोटिभेसन भिडियो हेर्नुभएछ । जसको कारण उहाँले आफ्नो जीवन परिवर्तन गर्न सफल हुनु भएको रहेछ ।’

ती केटीले एउटा भिडियो पठाएर आफूमा भएको परिवर्तन अग्रवाललाई जानकारी दिएकी रहिछन् । ‘दिदी म हजुरको भिडियो हेरिरहेको छु । त्यसबाट मलाई थाहा भयो, म केके गर्नसक्छु । त्यस अगाडि मलाई लागिरहेको थियो । मेरो जीवन सकियो । तर तपाईंको भिडियो हेरेर केही गर्न सकिँदो रहेछ भन्ने थाहा भयो । आत्मबल बढेको छ । अहिले म केही न केही गर्ने सोचिरहेको छु । पहिला मलाई जीवनबारे केही थाहा थिएन । म जीवन सकियो भने सोच्दथँे । तपाईंको भिडियोले मेरो जीवनमा धेरै परिवर्तन ल्याएको छ,’ भिडियोमा ती केटीले आफूलाई भनेको कुरा अग्रवाले जस्ताको तस्तै सुनाइन् ।

‘मेरो मोटिभेसन क्लास होस् वा भिडियोले कसैको जीवन परिवतर्न भएको छ थाहा पाउँदा निकै खुसी लाग्दो रहेछ,’ अग्रवालले थपिन् ।

अग्रवाल बिजनेस परिवारकी बुहारी हुन् । उनका श्रीमान् बिजेनस गर्छन् । उनी पनि श्रीमान्को साथ विजनेसमा हात बढाउन सक्थिन् । तर उनले भने मोटिभेसन स्पिकर्स पेसा रोजिन् । तर किन ?

‘एक समय मेरो जीवनमा नराम्रो घटना भएको थियो । जीवनबाट निरास थिएँ । कसरी अगाडि बढ्ने, कोसँग के कुरा गर्ने भनेर सोच्थेँ । कहिलेकाहीँ जीवन अब सकियो भन्ने लाग्थ्यो,’ अग्रवाल भन्दै थिइन्, ‘त्यतिबेला मैले सामाजिक सञ्जालमा एउटा मोटिभेसन भिडियो र म्यासेज हेरेँ, त्यसले मेरो जीवनमा आमूल परिवर्तन ल्याइदियो ।’

मोटिभेसन भिडियोले जब उनको जीवनमा नसोचेको परिवर्तन आयो त्यसपछि उनलाई लाग्यो । अरूको पनि जीवन परिवर्तन गर्नुपर्छ । सफल बनाउन, उचाइ चुम्न पहल गरिदिनुपर्छ । त्यसैले पनि उनले यो पेसा रोजेकी हुन् ।

मोटिभेसन पेसाका लागि अग्रवालसँग अनुभव पनि भयो । ज्ञानका लागि भने ‘टोस्ट मास्टर’ भन्ने एउटा अन्तर्राष्ट्रिय क्लब छ । जसले पब्लिक स्पिकिङ समेत सिकाउने गर्दछ । उक्त क्लबमा आवद्ध भएपछि उनले क्लबको समन्वयनमा बिभिन्न भिडियो समेत बनाएकी थिइन् । सोही कारण उनले क्लबबाट सन् २०१५ मा ‘डिस्टिङ्ग्वीस्ड टोस्ट मास्टर’ उपाधि समेत जित्न सफल भइन् ।

त्यस अगाडि र पछाडि पनि उनले मोटिभेसनका लागि विभिन्न रिसर्च गरिरहेकी छन् । अचेल सिक्दै र सिकाउँदै उनका दिन बित्ने गरेका छन् ।

हुन त बिजनेस गरेजस्तो भोटिभेसन पेसाबाट ठूलो आर्थिक परिवर्तन हुन नसक्ने अग्रवालले राम्ररी बुझेकी छन् । तैपनि उनी यो पेसामा रहनुको कारण आत्मसन्तुष्टि हो । धेरै नभए पनि जेजति आम्दानी मिलेको छ । त्यसैबाट आफैँ अहिले सन्तुष्ट रहेको अग्रवालले बताइन् ।

मोटिभेसन किन ?

कसैको जीवन समस्यामा गुज्रिरहेको छ । आफ्नो जीवन परिवर्तनका लागि ऊ यताउता भौँतारिरहेको हुन्छ, जीवनको यात्रा चेन्ज गर्न चाहन्छ । तर सही मार्ग पहिल्याउन सकिरहेको छैन ।

यो बाटो राम्रो कि त्यो बाटो भन्ने दोधारमा परेको मानिसका लागि मोटिभेसन एक औषधि सावित हुने अग्रवाल बताउँछिन् ।

‘जीवन कसरी अगाडि बढाउने भनेर कन्फ्युजमा रहेका लागि भोटिभेसनले मार्ग निर्देशन गर्छ,’ अग्रवालले भनिन्, ‘मोटिभेसनमार्फत मानिसले कैयौँ सङ्घर्ष, मिहिनेत र सफलताका कथा थाहा पाउन सक्छ । जीवनको महत्त्व र क्षमता बुझ्न सक्छ । जसले उसको जीवनको समस्याको हल पहिल्याउन मद्दतसमेत गर्छ ।’ अर्काले गरेको जीवनका सङ्घर्ष र सफलताका कथा सुनेपछि जीवनमा आशा पलाउने उनको भोगाइ र बुझाइ दुवै रहेको छ ।

के हो मोटिभेसन ?

सबै बुझेका, जानेका र सङ्घर्षले जीवन अगाडि बढाएका लागि भोटिभेसन केही होइन । निरास भएर जीवन अगाडि बढाउन नसकेका, आफ्नो जीवनका लागि कुन बाटो उपयुक्त हो भनेर कन्फ्युजनमा रहेका र सधैँ एउटै कामले निरास भएका लागि मोटिभेसन एउटा औषधि भएको अग्रवाल बताउँछिन् ।

यसले मानिस किन निरास् बन्छ, किन कन्फ्युजनमा रहन्छ भनेर बुझाएर जीवनमा कसरी आत्मविश्वास बढ्छ, सङ्घर्षका कठिन समयमा कसरी आफ्नो सोचाइलाई सकारात्मक बनाउने, त्यसका लागि के गर्ने लगायतका ज्ञान दिन्छ । आफूले पनि मोटिभेसनका क्रममा यस्तै कुराको ज्ञान बाढ्ने अग्रवाले खुलाइन् ।

‘जब म सामाजिक सञ्जालमा भोटिभेसनका भिडियो हाल्छु । मानिसहरु भिडियो हेरेर एक्दमैै प्रेरणा मिलेको, जीवनका लागि सहायक सिद्ध भएको, बाटो पहिल्याउन सजिलो भएको सकारात्कम कमेन्ट गर्ने गर्दछन्,’ अग्रवाले भनिन्, ‘तपाईंको कुरा सुनेर म पनि केही गर्न सक्छु भन्ने लाग्छ भन्ने पनि धेरै हुन्छन् ।’ त्यस्ता कुराले आफ्ना भिडियोले जनतामा सकारात्मक प्रभाव परिरहेको छ भन्ने बुझ्न आफूलाई सजिलो हुने अग्रवाले सुनाइन् ।

कम्पनीका कर्मचारीलाई मोटिभेसनका क्रममा उनले केही विशेष विषय समावेश गर्ने गरेकी छन् । त्यसमा कम्युनिकेसन, प्रिजेन्टेसन, पावरपइन्ट, पब्लिक स्पिकिङ, कस्टमर सभिर्स र राइटिङ स्किल जस्ता कार्य समेट्ने गरेकी छन् ।

फोटोग्राफी पनि

अग्रवाल मोटिभेसन स्पिकरको अलवा फोटोग्राफर पनि हुन् । उनी विशेष गरेर बालबालिकाको फोटो सुट गर्छिन् । सानैदेखि फोटोग्राफीमा रुचि भएकी उनले यो पेसा पनि विगत ५, ६ वर्षदेखि नियमित अँगाल्दै आएकी छन् ।

फोटो सुटमा अहिले उनले प्रायः बच्चाहरु मात्र रोज्ने गरेकी छन् । अहिलेसम्म ६ सय जति बच्चाको फोटो सुट गरिसकेकी अग्रवालले अहिले समय अभावका कारण बच्चाहरुको मात्र फोटोसुट गरेको बताइन् । उनले भनिन्, ‘भोलिको दिनमा अन्यको पनि फोटोसुट गर्ने सोच छ ।’

‘मोटिभेसनको ट्रेनिङ दिन र भिडियो निर्माण गर्न अहिले मेरो समय बितिरहेको छ,’ अग्रवालले भनिन्, ‘केही महिनायता फोटोग्राफीमा समय दिन सकिरहेको छैन ।’ अब फेरि फोटोग्राफीमा नियमित समय दिने सोच अग्रवालको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप