शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इब्राहिमोविचको गोलमा मिलान विजयी

मङ्गलबार, ०६ माघ २०७७, ०७ : ४४
मङ्गलबार, ०६ माघ २०७७

ज्लाटान इब्राहिमोविचको दुई गोलको मद्दतले एसी मिलानले काग्लियारीलाई हराउँदै इटालियन सिरिए एको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । आइतबार युभेन्टसलाई हराउँदै इन्टर मिलानले एसी मिलानसँग अंक बराबरी गरेको थियो ।

यो सिजन इब्राहिमोविचले टोलीका लागि १३ खेलमा १३ गोल गरेका छन् । उनले खेलको ७ औँ मिनेटमा पेनाल्टीमार्फत मिलानलाई अग्रता दिलाए भने दोस्रो हाफमा अर्को गोल थपे ।

योसँगै मिलानले घरेलु मैदान बाहिर खेलिएका लगातार १९ खेलमा गोल गर्न सफल भएको छ । यस मामिलामा क्लबले आफ्नो पुरानो कीर्तिमानलाई बराबरी गरेको छ ।

यसअघि मिलानले फाबियो कपेलोको नेतृत्वमा सन् १९९१–९२ र १९९२–९३ सिजनमा यो उपलब्धि हासिल गरेको थियो । दुवै सिजन मिलानले लिग उपाधि जितेको थियो ।

खेलको ७० औँ मिनेटमा एलेक्सिस सालेमेकर्सले रातो कार्ड खाँदा मिलान १० खेलाडीमा सिमित बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप