शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

मङ्गलबार, ०६ माघ २०७७, ०७ : ३४
मङ्गलबार, ०६ माघ २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

मंगलबार बिहान एक सूचना जारी गर्दै महाशाखाले आज देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । 

महाशाखाले हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको जानकारी दिएको छ । 

अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहेको र तराईका भूभागहरुमा हुस्सु र कुईरो लागेको जनाएको छ । 

यसैगरी, आज दिउँसोको मौसमबारे गरिएको पूर्वानुमानका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  

राति भने प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप