शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बढी तौल भएका बालबालिकामा हाइपरटेन्सन र मुटुरोगको खतरा, फिट राख्ने यी ५ तरिका

मङ्गलबार, ०६ माघ २०७७, ०६ : ४६
मङ्गलबार, ०६ माघ २०७७

कोरोनाको समयमा बालबालिकाको तौलको वृद्धि भएको छ । अमेरिकी वैज्ञानिकले आफ्नो एक अनुसन्धानमा यो कुराको दाबी गरेका छन् । अनुसन्धानमा बताइए अनुसार महामारीपछि बालबालिका घरबाट बाहिर निस्कन पाइरहेका छैनन् । घरमै बसेका कारण उनीहरुको खाने बानीमा पनि परिवर्तन भएको छ । शारीरिक क्रियाकलाप पनि पहिलेको जस्तो रहेन । जसका कारण उनीहरुको तौलमा वृद्धि भएको छ । जुन गम्भीर रोगको कारण बन्न सक्छ । 

बालबालिकामा मोटोपन थप खतरनाकः

तौल बढ्नु एक गम्भीर समस्या हो । यदि बालबालिकाको तौल आवश्यकताभन्दा बढी छ भने उनीहरुमा विभिन्न प्रकारका शारीरिक र मानसिक समस्या हुनसक्छन् । रोबर्ट वुड जनसन फाउन्डेशनका अध्यक्ष डाक्टर रिचर्ड बेसरका अनुसार फिट बालबालिकाको तुलनामा बढी तौल भएका बालबालिकाले आफ्नो शारीरिक र मानसिक क्षमताको कम प्रयोग गर्न सक्छन् । 

यसरी राख्नुहोस् बालबालिकालाई फिटः

बालबालिकालाई फिट राख्नका लागि दुईवटा कुरा ध्यानमा राख्नुपर्छ । एउटा उनीहरुको खानपिन र अर्को शारीरिक क्रियाकलाप । एउटा स्वस्थ डाइट चार्ट र तालिका बनाएर तपाईं आफ्नो बालबालिकालाई राम्रो स्वास्थ्य उपहार दिन सक्नुहुन्छ । डाक्टर काट्जा रोवेलका अनुसार तौल बढ्दा निम्तिने समस्या वयस्कको तुलनामा बालबालिकामा बढी भयानक हुन्छ । तसर्थ अभिभावकले उनीहरुको खानपिन र क्रियाकलापप्रति बढी नै सतर्क हुनुपर्छ । 

बालबालिकालाई फिट राख्ने ५ तरिकाः

१. जंक फूडको साटो स्वस्थ खानेकुरा दिनुहोस्ः

विशेषज्ञका अनुसार बालबालिकालाई जंक फूडबाट टाढा राख्न अत्यावश्यक छ । अभिभावकले बालबालिकाका लागि यस्तो विकल्पको खोजी गर्नुपर्छ जुन प्याकेटमा बन्द खानेकुराको विकल्प हुन सकोस् । जंक फूडले बालबालिकामा कोलेस्ट्रोलको स्तर आवश्यकताभन्दा बढी नै बढाइदिन्छ । जसका कारण बालबालिकालाई आवश्यक पोषक तत्वको अत्यधिक कमी हुन्छ र फ्याटका कारण बालबालिकाको तौल बढ्ने गर्छ । 

२. बालबालिकाको स्क्रिन टाइम कम गर्नुहोस्ः

कोरोनाको समयमा बालबालिकामा मोबाइल, कम्प्युटर र टिभीको अगाडि धेरै बेरसम्म बस्ने बानी बढेको छ । अभिभावकले बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यसले बालबालिकाको स्वस्थ बानी नष्ट गरिदिने गर्छ । यसले बालबालिकालाई अल्छी बनाउँछ जुन तौल बढ्ने सबैभन्दा ठूलो कारण हो । 

३. दैनिक शारीरिक क्रियाकलाप गराउनुहोस्ः

बालबालिकाले नियमित शारीरिक क्रियाकलाप गर्न अत्यावश्यक छ । यदि यस्तो भइरहेको छैन भने अभिभावकले यसबारे सोच्नुपर्छ । विज्ञका अनुसार पाँच वर्षभन्दा कम उमेरका बालबालिकाले दैनिक कम्तिमा आधा घण्टाको व्यायाम गर्नुपर्छ । यसले बालबालिकालाई शारीरिक रुपमा फिट त गराउँछ नै उनीहरु मानसिक रुपमा पनि फिट हुन्छन् । 

४. बालबालिकालाई मानसिक रुपमा बलियो राख्नुहोस्ः

मानसिक रुपमा बालबालिका तनावमा हुँदा पनि तौल बढ्ने गर्छ । तसर्थ अभिभावकले बालबालिकाको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । यदि आफ्नो बच्चा तनावमा छन् भने उनीहरुलाई उत्प्रेरित गर्ने जिम्मेवारी अभिभावकको हो । 

५. बालबालिकाको ७ घण्टाको निद्रा पूरा गर्न दिनुहोस्ः

कम सुत्दा पनि बालबालिका अल्छी हुन्छन् र यसले उनीहरुको तनाव बढाउने गर्छ जुन तौल बढ्नुको कारण हो । अभिभावकले आफ्नो सन्तान चाँडै सुतुन् तर चाँडै उठुन् भन्ने कुरामा ध्यान दिनुपर्छ । साथै सात घण्टाको निद्रा पुग्यो कि पुगेन भन्ने कुरामा पनि विचार गर्नुपर्छ । 

उमेरको हिसाबले बालबालिकाको सही तौलः

३ देखि ५ महिना – ६ देखि ७.८ किलो

६ महिनादेखि १ वर्ष – ७.८ देखि १०.२ किलो

१ देखि ३ वर्ष – १०.२ देखि १४.२ किलो

३ देखि ६ वर्ष – १४.६ देखि २०.७ किलो

६ देखि १२ वर्ष – २०.७ देखि ३७ किलो

बालबालिकामा तौल बढ्दा हुने समस्याः

हाइपरटेन्सन

मुटु कमजोर हुनु

जोर्नीमा दुखाई

तनाव

डर

बिर्सने समस्या

बालबालिकाका लागि स्वस्थ खानपानः

दुध

गेडागुडी

ओट्स

हरिया र पत्तेदार सागसब्जी

फलफूल र ड्राई फ्रुट

मासु र अण्डा

नट्स

घ्यू र बटर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप