शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूटानलाई भारतले निःशुल्क कोभिशिल्ड दिने, अमेरिकाको क्यालिफोर्नियामा मोडर्ना भ्याक्सिनमा रोक

मङ्गलबार, ०६ माघ २०७७, ०६ : १३
मङ्गलबार, ०६ माघ २०७७

भूटानका प्रधानमन्त्री लोटे शेरिङ्गले सोमबार भारतले उनको देशमा निःशुल्क अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड उपलब्ध गराउने जानकारी दिएका छन् । 

उनका अनुसार भ्याक्सिन खरिद गर्नुपर्ने हुँदो हो त यसका लागि ५० लाख अमेरिकी डलर खर्च गर्नुपर्ने स्थिती निम्तिन सक्ने बताउँदै भारत सरकारले भूटानसँगको पुरानो सम्बन्धलाई महत्व दिँदै यो मद्दत गर्नेछ । 
भूटान सरकारले भारत सरकारलाई भ्याक्सिनको आवश्यकता परेका जनसंख्याबारे जानकारी दिइसकेको शेरिङ्गले बताएका छन् । उनी भन्छन्, ‘उहाँहरुले पनि हाम्रो आवश्यकता बुझिरहनुभएको छ । देशमा यो भ्याक्सिन निःशुल्क प्रदान गरिनेछ ।’

नेपालले पनि गत हप्ता कोभिशिल्ड भ्याक्सिनको आपतकालीन प्रयोगलाई मञ्जुरी दिएको छ । यो भ्याक्सिन सिरम इन्स्टिच्युट अफ इन्डियाले बनाइरहेको छ । 

मोडर्नाको भ्याक्सिन लगाएपछि एलर्जीः

भ्याक्सिन लगाएपछि एलर्जी देखिएपछि अमेरिकी राज्य क्यालिफोनियाले मोडर्नाको भ्याक्सिनमाथि रोक लगाएको छ । राज्यकी छाला रोग विशेषज्ञ डा. एरिका पानले सामान्यभन्दा बढी व्यक्तिमा साइड इफेक्ट देखिएको जानकारी दिएकी छिन् । 

उनका अनुसार यो समस्या मोडर्ना भ्याक्सिनको एउटा लटमा देखिएको हो । यसलाई एक सामुदायिक खोप केन्द्रमा दिइएको थियो । यो भ्याक्सिन लगाएपछि १० जनालाई ज्वरो आयो । उनीहरुलाई २४ घण्टाका लागि डाक्टरको निगरानीमा राख्नुपर्यो । सार्वजनिक स्वास्थ्य विभागका अनुसार यो लटका तीन लाख ३० हजारभन्दा बढी डोज पूरा राज्यका २८७ स्वास्थ्य सेवा प्रदायकलाई दिइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप