
भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर एक व्यक्तिको मृत्यु

एजेन्सी । भारतको कर्नाटनकमा कोरोना खोप लगाएलगत्तै ह्द्यघात भएर एक व्यक्तिको मृत्यु भएको छ । शनिबार स्थानीय सन्दूर सदर अस्पतालमा कोरोना खोप लगाएका ४३ वर्षीय नागराजाको मृत्यु भएको बेंगलुर पुगेका पत्रकार इमरान कुरेशीलाई एक सरकारी अधिकारीले बताएका छन् । भारतमा शनिबारदेखि देशभार कोरोना खोप अभियान सुरु भएको छ ।
बेल्लारीका डेपुटी कमिश्नर पवनकुमारले बीबीसी हिन्दीलाई बनाएअनुसार मृतक नागराजको पोष्ट मार्टम भैसकेको छ र यसको रिपोर्ट राज्य सरकारलाई पठाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका एक अधिकारीका अनुसार नागराजको मृत्यु श्वास प्रणालीको असफलताका कारण भएको हो । भारतमा शनिबारदेखि कोरोना खोप अभियान सुरु गरिएको छ । त्यहाँ पहिलो चरणमा ३० करोड जनालाई भ्याक्सिन लगाउने तयारी छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ