बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षाको कारण देखाउँदै अमेरिकी संसद भवन बन्द

सोमबार, ०५ माघ २०७७, २३ : ३४
सोमबार, ०५ माघ २०७७

एजेन्सी । वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन बन्द गरिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नु दुई दिन पहिले सुरक्षाको कारण देखाउँदै संसद भवन बन्द गरिएको हो । संसद भवनमा ६ जनवरीमा डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गदाए ५ जनाको मृत्यु भएको थियो ।

अहिले संसद भवन वरिपरि हज्जारौ नेशनल गार्ड तैनाथ गरिएको छ । अहिले संसद भवनका कर्मचारीहरुलाई सतर्क अवस्थामा राखिएको छ । संसद भवन परिसर बन्द रहेको छ र कसैलाई भित्र–बाहिर गर्न दिइएको छैन । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिँदैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप