शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा फुटेको छैन : प्याकुरेल

सोमबार, ०५ माघ २०७७, २२ : १०
सोमबार, ०५ माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले वैधानिक रुपमा नेकपा नफुटेको बताएका छन् । 

राजविराजस्थित निवासमा आज पत्रकार सम्मेलन गर्दै पार्टी प्रदेश नं २ कमिटी सचिव प्याकुरेलले पार्टी कमिटीमा कारवाहीको माग र संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता नभएका अवस्थामा केही साथीहरु बैठकमा आउन छाडेर सडकमा पुग्नु भएको र  अहिले पनि पार्टीको दोस्रो अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै रहेको बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा चालेको अग्रगामी कदमले नेकपा देशीविदेशी प्रतिक्रियावादी शक्तिको तारो बनेको बताउँदै राष्ट्रियसभा सदस्य प्याकुरेलले सङ्घीयता र लोकतन्त्रमाथि नै आघात पार्ने गरी पार्टीभित्रैबाट हुन थालेको षड्यन्त्रको समयमै पहिचान गरी प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गरे । 


पत्रकार सम्मेलनमा यही माघ ८ गते राष्ट्रिय युवा सङ्घको अगुवाइमा युवा ¥याली र प्रशिक्षण कार्यक्रम हुने तथा माघ १३ गते राजविराजमा आमसभा हुने जानकारी दिइएको छ ।

यसैबीच केन्द्रीय सदस्य अब्दुल मजिद साकिरका अध्यक्षता र प्रदेश नम्बर २ का इञ्चार्ज सत्यनारायण मण्डलका प्रमुख आतिथ्यतामा यही माघ २ गते बसेको बैठकले नेकपा सप्तरीका जिल्ला संयोजकमा पूर्वसांसद ताराकान्त चौधरीलाई जिम्मेवारी दिएको छ । 

यस्तै केन्द्रीय समिति संयोजकको जिम्मेवारी अब्दुल मजिद साकिर र नेकपा सप्तरीका प्रवक्तामा सुखराम यादवलाई जिम्मेवारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप