३ लाख पुरस्कारको नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन हुने
काठमाडौं । कोरोना कहरले आर्थिक तथा व्यक्तिगत जीवनमा परेको प्रभावका कारण हाँस्न बिर्सिसकेकालाई हसाउने उदेश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ आयोजना हुने भएको छ ।
विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् उनीहरुले सहभागीता जनाउन सक्ने प्रतियोगिता रिदम स्क्रिनको प्रस्तुतिमा अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गर्न लागेका हुन् ।
प्रतियोगितामा सहभागीताका लागि जोक्स कम्पिटिशन नामक वेवसाइटमाबाट निशुल्क फारम भर्न सक्छन् अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सक्नेछन् ।
हकलाकार बुद्दि तामाङ, दिलिप गुरुङ र भानु तिवारी निर्णायक रहेको प्रतियोगितामा विजेता पहिलो दोस्रो र तेस्रोले क्रमश तीन, दुई र एक हजार डलर नगद सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
फेब्रअरी २८ सम्म आवेदन मिति तोकिएको प्रतियोगिता विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्सहान गर्न यो आयोजना गरिएको कार्यक्रमका निर्देशक कमल राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण