बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सहिद मञ्चको उद्घाटन

सोमबार, ०५ माघ २०७७, २० : ०२
सोमबार, ०५ माघ २०७७

काठमाडौं । प्रदेश २ का प्रदेश सांसद बिक्की यादवले बलिदानी दिवसको अवसरमा सहिदमञ्चको उदघाटन गरेका छन् । सप्तरीको डाकनेश्वरी नगरपालिकाको वडा नम्बर ३ हटैलको क्रिकेट मैदानमा निर्माणधिन सो मञ्चको उद्घाटन उनले गरेका हुन् । 

सो मञ्च १० लाख रुपियाँमा निर्माण भएको हो । असारदेखि सो मञ्चको निर्माण शुरु भएको थियो । यो मन्च दुुई तीन महिनाअघि नै निर्माण भइसकेको थियो तर यही बलदानी दिवसका कारण उद्घाटनका लागि रोकिएको थियो र आज बलिदानी दिवसको अवसरमा उद्घाटन गरिएको उनले बताए ।

यसैगरि सोही कार्यक्रममार्फत सांसद यादवले सो मैदानमा स्टेडियम स्थापनाका लागि २० लाख रुपियाँ सहयोग गर्ने भनि घोषणा समेत गरे ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप