बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘बलिदान दिवस’ मा शहिद परिवारलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान

सोमबार, ०५ माघ २०७७, १९ : ०१
सोमबार, ०५ माघ २०७७

प्रदेश २ सरकारले सोमबार जनकपुरधाममा ‘बलिदान दिवस’ मनाएको छ । बलिदान दिवसको अवसरमा प्रदेश सरकारले विदा समेत दिएको थियो । 
जनकपुरमा आयोजित कार्यक्रममा मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका प्रदेशको ८ वटै जिल्लाबाट शहिद परिवारलाई आमन्त्रित गरिएको थियो । 

आमन्त्रित गरिएका शहिद परिवारलाई मुख्यमन्त्री लालबाबु राउतले प्रति परिवार २५ हजार रुपैयाँ नगद सहित सम्मान गरे । दर्जन भन्दा बढी शहिद परिवारका प्रतिनिधिहरुलाई सो रकमसहित सम्मान गरिएको हो । कार्यक्रममा राजपा नेता राजेन्द्र महतो लगायतको समेत उपस्थिति रहेकाे थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप