शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमाको पत्थरडाँडा-तिनाउ सडक शिलान्यास

सोमबार, ०५ माघ २०७७, १७ : ५८
सोमबार, ०५ माघ २०७७

बुटवल । रुपन्देहीको  तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको आज शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले शिलान्यास गरेका हुन् ।  मन्त्री चौधरीले सडक शिलन्यास  गर्दे तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर रहने बताए ।

नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकको रुपमा परिचित यो सडक विस्तार कार्यको लागत ३४ करोड अनुमान गरिएको छ । स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक वहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नं. १३ र १४ को विकासमा महत्वपूर्ण टेवा पुर्याउने यो सडक निर्माणलाई तिनै तहका जनप्रतिनिधिहरुले विशेष महत्व दिँदै आएका छन् ।

बेलबास—बेथरी सडक, तिनाउ करिडोर, पत्थारडाँडा—तिनाउ सडकलगायतका सडक सञ्जाल निर्माणसँगै बसपार्कको कामलाई अघि बढाउन उपयूक्र्त हुने उनको भनाइ छ । सोही कार्यक्रममा प्रदेश सांसदहरु तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको बताउँदै सडक विस्तारमा सबैको सहयोग र  सहकार्य अपरिहार्य रहने बताए । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप