
बुटवलको तिनाउमा सरसफाइ अभियान सुरु

पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका कारण प्रदुषित बन्न थालेपछि अभियान थालिएको हो ।
तिनाउ नदी क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा पवित्र रहेकाले यसलाई प्रदुषित हुन नदिन र जलचरको संरक्षणका लागि नागरिक स्तरबाट सरसफाइ अभियान थालिएको अभियान्ताहरुको भनाइ रहेको छ । मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले तिनाउ नदीमा सफाइ गरेर अभियानको थालनी गर्दे तिनाउ नदीले रुपन्देहीबासीका लागि ठुलो लाभ दिन सक्ने भएकाले अभियानमा लागिएको बताए ।
सो क्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष रमेश बहादुर के सी तथा अभियानका संयोजक रिता केसीले तिनाउ नदीलाई नियमित सफा गरी सवैले यसको अस्तित्व जोउदै लाभ लिनुपर्ने बताए ।
सहसंयोजक तथा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानिज क्लब बुटवल, घरघरमा हामी, इनरविल मिटटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटल लगायतका संस्थाहरुले सहकार्य गरेको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ