मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा टिपरलाई टाइम कार्ड लागू

सोमबार, ०५ माघ २०७७, १५ : ३२
सोमबार, ०५ माघ २०७७

बुटवल । दुर्घटना न्यूनिकरणको लागि लुम्बिनी प्रदेशमा टिपरलाई टाईमकार्ड लागू गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई सोमबार (आज) देखि टाईमकार्ड लागू गरेको हो ।

तिव्र गतिमा सवारी चलाएका कारण दूर्घटना बढेको भन्दै न्यूनिकरणको लागि टाईम कार्ड लागू गर्र्नुपरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । टाइम कार्ड लागू भएपछि पाल्पाको दोभानदेखि बुटवल धागो कारखाना रामनगरसम्मको ११ किलोमिटर दुरीमा प्रति घण्टा २० किलोमिटरको गतिमा ३३ मिनेटको समयमा पुग्नुपर्ने आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

ट्राफिक व्यवस्थापन तथा दूर्घटना न्यूनिकरणका लागि बुटवल–भैरहवा सडकमा सवारीका साधनहरुले लेनको प्रयोग सम्बन्धि सचेतना अभियान सञ्चालन गरिने प्रहरी नायव उपरीक्षक  विकले जानकारी दिए ।

गतवर्ष भन्दा सवारी दुर्घटनामा वृद्धि

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको श्रावणदेखि पुष मसान्तसम्म ६ महिनाको अवधिमा ५६६ सवारी दुर्घटना भएका थिए भने चालू आर्थिक वर्षको श्रावण १ देखि पुष मसान्तसम्म ६३७ दुर्घटना भएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा १२ दशमलव ५४ प्रतिशतले बढी हो ।

यसैगरी गत वर्षको अघिल्लो ६ महिनामा २७६ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए भने यो वर्षको ६ महिनामा २५६ जनाले ज्यान गुमाएका छन् । यो वर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमा पुरुषको संख्या बढी छ । ४१ जना महिलाले ज्यान गुमाउँदा १९५ पुरुषले दुर्घटनामा ज्यान गुमाएका छन् । कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ६ महिनाको अवधिमा १८ बालक र २ बालिकाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी गत वर्षको अघिल्लो ६ महिनामा ८८१ जना घाइते भएका थिए भने यस वर्षको पछिल्लो ६ महिनाको अवधिमा ९२४ जना घाइते भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ दशमलव ८८ प्रतिशतले बढी हो ।

कार्यालयले संकलन गरेको तथ्याङ्कअनुसार ६ महिनाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८२८ जनालाई कारबाही गरेको छअघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ हजार ६७३ जना कारबाहीमा परेका थिए । मापसे कारबाहीबाट प्रहरीले यो वर्ष ८ लाख २८ हजजार राजश्व संकलन गरेको छ भने अघिल्लो वर्ष २६ लाख ७३ हजार राजश्व संकलन गरेको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप