शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारसँग सहिद परिवारद्वारा २० बुँदे माग (मागपत्रसहित)

सोमबार, ०५ माघ २०७७, १४ : ३९
सोमबार, ०५ माघ २०७७

मधेश आन्दोलनमा ज्यान गुमाएका सहिद तथा घाइते परिवारले प्रदेश २ सरकारसँग विभिन्न २० बुँदे माग गरेका छन् । उनीहरुले परिवार तथा घाइते हकहित संघर्ष समिति नै गठन गरेर प्रदेश सरकारसँग २० बुँदे माग राखेका हुन् । 
सो समितिमार्फत यसअघि प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतलाई १४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको थियो भने सरकारको आग्रह अनुसार सहिद परिवारले त्यो माग सार्वजनिक गरेका थिएनन् । तर उनीहरुको मागप्रति त्यहाँको सरकारले कुनै सुनुवाई नगरेपछि थप ६ बुँदे माग राख्दै आज बलिदानी दिवसको अवसरमा २० बुँदे माग राखेर सार्वजनिक गरेको छ । 

जसमा एक सहिद परिवार एक रोजगार कार्यक्रमको व्यवस्था मिलाउन, प्रदेश सरकारले सहिद परिवारलाई दिने जागिरलाई निजामती सेवा सुविधा दिनुपर्ने, सहिद घोषणा हुन बाँकी रहेकालाई सहिद घोषणा गर्नुपर्ने, सहिद परिवार तथा घाइतेहरुको फोटो सहितको राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनु पर्ने, सहिद परिवार तथा घाइते परिवारका बालबच्चालाई निःशुल्क शिक्षाको व्यवस्था गनुपर्नेलगायतका माग राखिएको छ ।    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप