बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

न्याय र अधिकारका लागि अन्तिम संघर्षमा उत्रन भुसालको आग्रह

सोमबार, ०५ माघ २०७७, १४ : १३
सोमबार, ०५ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षकी नेतृ पम्फा भुसालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम असफल पार्न आम जनता प्रतिरोधमा उत्रनुको विकल्प नभएको बताएकी छन् । 
सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेतृ भुसालले प्रतिगमन र प्रतिकृयावादीको हार सुनिश्चित रहेको दावी गरिन् । ‘केपी ओली र विद्याको प्रतिगमन, विदेशीको मतियारहरुका विरुद्ध एकचोटी हामी एकचोटी जुरुक्क उठौ’, नेतृ भुसालले महिलाहरुलाई आग्रह गरिन् । 

उनले विदेशीको डिजाइनमा लोकतान्त्रिक गणतन्त्र ध्वस्त गर्नेहरुलाई इतिहास र नेपाल जनताले माफी नदिने बताइन् । भुसालले अस्ति मात्रै परराष्ट्रमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले भेट नदिएको प्रसंग कोट्याउँदै उनले त्यसबाट पनि प्रतिगामी कदमका मतियारहरुको औचित्य पुष्टि भएको बताइन् । 

न्याय र अधिकारका लागि अन्तिम संघर्षमा सहभागी हुन उनले महिलाहरुलाई आग्रह गरिन् । प्रतिगमनलाई परास्त गरेर मात्रै समाजवादमा पुग्न सकिने भुसालको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप