चार वटा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन
सोमबार, ०५ माघ २०७७, १३ : १९
एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको ४ वटा कम्पनीको सेयर किन्ने आज (माघ ५ गते) अन्तिम दिन हो । एनआइसीले पुस २७ गतेबाट आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको ६ लाख २३ हजार ८ सय ८० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ८९ हजार ६ सय ६४, एसियन लाइफ इन्सुेन्सको १ लाख २८ हजार ७ सय ९० कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख २ हजार ८ सय ६६ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ३०, सूर्या लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३ सय ५०, एसियनको सेयरमा न्यूनतम ४ सय ३३ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ५ सय ८ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ