
हिलटेकद्वारा अत्याधुनिक प्रविधिमा आधारित कोर–फिट पाइप उत्पादन सुरु

हिलटेक कम्पनीले जर्मनी प्रविधिमा आधारित दुई तह भएको कोर–फिट पाईपको उत्पादन सुरु गरेको छ । हाल शहरी क्षेत्रमा पाइपलाइन बिछ्याउनका लागि गरिने कार्यका कारण सडक वरिपरिका पसल, पैदलयात्रु तथा सर्वसाधारणलाई लामो समयसम्म सडक अवरोधका कारण भोग्नु परेको पीडालाई मध्यनजर गरी कम्पनीले हेटौडा औद्योगिक क्षेत्रमा अवस्थित कारखानाबाट सफल उत्पादन सुरु गरेको हो ।
यसको प्रयोग मुख्यतया ढल, सिँचाई, कलर्भटमा हुनेछ भने टेलिफोन, बिजुलिको (जमीन मुनिको तार), हाउजिङ, प्लटिङ, स्र्माट सिटि र उद्योग आदि ठाउँमा पनि गर्न सकिन्छ । उक्त कोर–फिटपाईप अति बलियो, धेरै समय सम्म टिक्ने, लिकेज नहुने, धेरै हलुको हुने, भित्रि भाग चिप्लो हुने भएकोले वहाव तिब्र हुने कम्पनीको दावी छ ।
हिलटेकबाट उत्पादन हुने कोर–फिट पाईपको साईज ४ ईन्च देखि ४० ईन्च (आन्तरिक व्यास ) सम्मको हुने तथा २० फिट (६ मी.)लामो हुन्छ । यो पाईप अहिले भएको ह््यूमपाईप भन्दा ९५ प्रतिशत हलुका हुने भएकोले ओसार पसार गर्न सहज हुनुको साथै ढुवानीे खर्चमा निकै बचत हुने बताइएको छ ।
पाइपलाई ढल वा अन्य केमिकलले केही नोक्सान गर्न नसक्ने,जडान गर्दा कुनै केमिकल, सिमेन्ट,नट÷बोल्ट आदिको आवश्यकता नपर्ने हुन्छ । यसलाई जडान गर्न उक्त ६ मिटर (२० फिट) पाईपको एउटा मुख कपलर सकेट जस्तो हुने तथा अर्को पाईपको स्पीगोट भएको मुख जुनमा लिकेज नहुनको लागि रबर गास्केट लगाई सामान्य डोरीको मद्दतले अथवा फलामको सामान्य लिभर प्रयोग गरेर जडान गर्न सकिने कम्पनीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ