
‘ओई प्यारी’ भन्दै आए निशान

काठमाडौं । ‘नेपाल आइडल’को पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘ओई प्यारी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
अनिश घिमिरेको शब्द रहेको गीतमा अनिल बिरहीको संगीत दिएका छन् । गीतमा केबी भन्डारीको एरेन्ज रहेको छ ।
भिडियोमा एक प्रेम जोडीको कथा समेटिएको छ । पियारीलाई घरमा बस्न र आफू जन्ती लिएर आउने कुरा गीत मार्फत प्रेमिकालाई प्रेमीले अनुरोध गरेका छन् ।
भिडियोमा टीका जैसी र अज्ञात सायरको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ