कोरोनासंग न डराउनुस तर ...

नेपाल सरकारले भर्खर मात्र कोरोना विरुद्ध बनेका भ्याक्सिनलाई आपातकालीन अनुमति दिएको छ। विश्वमा भ्याक्सिनको आपातकालीन प्रयोगको अनुमति पाइएको एक महीनाभित्रै नेपाल सरकारले पनि अनुमति प्रदान गर्नुलाई समयानुकूल नै मान्न सकिन्छ । राजनीतिको अस्तव्यस्ताबीच पनि स्वास्थ्य मंत्रालयको बदलिएको नेतृत्वले यस विषयमा गरेको पहल कदमीलाई सराहना नै गरिनुपर्छ।
'आपत्कालीन प्रयोगको अनुमति भन्ने शर्त र शब्द'ले आम रुपमा केही आशंका हुन सक्छ। कसैले पनि शंका नगरे हुन्छ। यो विश्व स्वास्थ्य संगठनको प्रोटोकॉलका तहत प्रयोग भएको शब्दावली हो। कुनै पनि नयाँ विकसित औषधि अथवा भ्याक्सिनले विश्व स्वास्थ्य संगठनले निर्धारित गरेका परीक्षणका सबै चरण पार गरेर मात्रै खुला प्रयोगका लागि अनुमति पाइने प्रावधान रहेको छ।
कोरोना विरुद्ध बनेका कुनै पनि भ्याक्सिन ( चाहे फ़ाइज़र, मोर्डरना ,एस्ट्रेजेनिका अथवा अन्य कुनै ) ले यस बमोजिमका सबै परीक्षणबाट गुज्रिने समय नै पुगेको छैन। अधिकांश भ्याक्सिनले तेस्रो चरणको ट्रायल मात्रै पूरा गरेका छन्। इङ्गल्याण्डमा देखिएको कोरोना भाइरसको नयाँ 'भेरिएन्ट'को संक्रमण प्रसार दर बढी भएकोले तीव्रताका साथ संक्रमण फ़ैलिरहेको अवस्थामा इङ्गल्याण्ड सरकारले साहसपूर्ण निर्णय गर्दै फ़ाइज़रको भ्याक्सिनलाई आपातकालीन प्रयोगको अनुमति दियो। इङ्गल्याण्ड भ्याक्सिनेसन गर्ने पहिलो देश बन्यो । त्यस पछि विश्वका अन्य देशले पनि फाइज़र,मोर्डरना (अमेरिकन म्यासेन्जर अरएनए भ्याक्सिन), स्पुतनिक भी (रसियन भाइरल वेक्टर) चिनिया कम्पनी सिनोवाकको कोरोनावाक् र सिनोफार्म कंपनीको सिनोफार्म भ्याक्सिन, (दुबै भाइरल वेक्टर) आक्सफोर्डको ऐस्ट्रेजेनिका ( भारतमा यस्कै उत्पादन कोभीशिल्ड नामले भएको हो) र भारतको स्वदेशी भ्याक्सिन कोवैक्सीनलाई आपातकालीन प्रयोगको अनुमति दिएर भ्याक्सिनेसन प्रारम्भ गरे। यसै क्रममा नेपालले पनि ऑक्सफोर्डको भारत निर्मित कोभीशिल्डलाई अनुमति दियो।
भर्खरै समाचारमा आएअनुसार नेपालले भ्याक्सिनेसनको पूर्व तैयारीका रूपमा 'ड्राई रन'को अभ्यास गर्न गई रहेको छ। 'ड्राई रन' भनेको भ्याक्सिनेसनको 'मॉक ड्रिल' हो। यस अंतर्गत सक्क्ली भ्याक्सिन प्रदान गरिँदैन वरु भ्याक्सिनेसन हुँदा के कस्ता अप्ठेरा स्थिति आऊंन सक्छन त्यसको पूर्व अभ्यास गरिन्छ । नेपाल सरकारको भ्याक्सिन सम्बन्धी तदरूकतालाई सकारात्मक दृष्टिले हेर्नु पर्छ।
यतिका सकारात्मक पक्ष हुँदा हुँदै पनि सरकारले र सरकार अंतर्गतका अन्य निकायले गरेका कतिपय अन्य निर्णयको भने आलोचना नगरी रहन सकिदैन।
विश्वलाई नै थाहा छ कोरोनाको नयाँ 'स्ट्रेन' (भेरिएन्ट) संक्रमण प्रसारका मामलामा पहिलाको भाइरस भन्दा शक्तिशाली छ अर्थात यस नयाँ रुपको भाइरसले (नयाँ भाइरस, पुरानो कोरोनाभाइरस नै हो, तर यसको 'म्यूटेशन' भएर यसको नयाँ रुप बाजारमा आएको हो ) संक्रमण तीव्रता साथ फैलाउछ। सुन्नमा आए अनुसार नेपालमै देखिएको शंकास्पद संक्रमितको नमूना परीक्षणका लागि विदेश पठाइएको छ, यो इङ्गल्याण्डमा देखिएको नयाँ रुपकै संक्रमण यहाँ देखापरेका हाे हाेइन भन्ने टुगो लगाउन अनुसन्धान हुनु जरुरी पनि छ । भारतमा नयाँ 'स्ट्रेन'को भाइरसबाट संक्रमणका १२६ केस देखिएको समाचार छ। यस्तो स्थितिमा रुप बदिलएको कोरोना संक्रमण केही गरी यहाँ देखापर्याे भने अझै तीव्र गतिले संक्रमणको प्रसार हुने संभावनालाई इंकार गर्न सकिदैन।
सामान्यतड्ड कोरोनाको नयाँ 'स्ट्रेन' को समाचार पढ्दैमा आतंकित हुनु आवश्यक छैन। नयाँ 'स्ट्रेन' को संक्रामकता मात्रै बढी होऽ यसको घातकता (मृत्युदर बढी रहेकाे बारे अहिले सम्म पुष्टि भइसकेको छैन । तर यसो भन्दै गर्दा सबैजनाले सचेत हुनु पर्ने भने नितान्त आवश्यकता छ। कारण यसको संक्रमण वा प्रसार दर बढी छ। केही गरी यसको संक्रमणको कहर शुरु भयो र मानिसहरु बढी संक्रमित भए भने स्वास्थ्य सेवाको अभाव हुन जान्छ जसले संक्रमितलाई उपचार खाँचो पर्न सक्छ र उपचारमा देखिएको अभावले जुनसुकै परिणाम ल्याउन सक्छ।
यस पृष्ठभूमिमा नेपाल सरकारको विद्घालय खोल्ने निर्णय आत्मघाती हुन सक्छ । अझ वर्तमान परिस्थितिको गहन विश्लेषण गर्दा ठोकुवा साथ के दावी गर्न मिल्छ यो आत्मघाती मात्रै होइन वरन 'आ बैल मुझे मार' पारा कै विवेकहीन निर्णय हो। यो किन पनि भने नेपालका स्कुलका कक्षा कोठाको भौगोलिक अवस्था कसलाई थाहा छैन ? कक्षा कोठाको परिदृश्यको कल्पना मात्रै गरी हेर्नुस् ... यसबारे स्वस्थानी वचन गरी रहनु पर्दैन। ठूलो हलमा पस्नु पूर्व स्यानेटाइज़रले हात पखाली, सर्जिकल मास्क माथि एन -९५ मास्क र त्यस माथी 'फेसशिल्ड' लगाई उचित दूरीमा आसनारूढ़ भई स्कुल खोल्ने स्वीकृति प्रदान गरेका विद्वत वर्गसंग सबै अभिवावकले सोध्नु पर्ने हो, यो निर्णय गर्ने ब्रह्मज्ञान तपाईहरुलाई कहाँबाट प्राप्त भयो ?
सरकारी निर्णयले आफ्ना बालबालिकालाई स्कुल पठाउन तम्सेका सबैजना अभिवावकले यो कुरा पनि थाहा पाउन जरुरी छ कि हालसम्म बनेका सबै भ्याक्सिन हुन ती १६ वर्ष माथिको आयु वर्गका लागि मात्रै हुन्। कुनै पनि भ्याक्सिनको ट्रायल १६ वर्ष मुनिका केटाकेटीमा भएको छैन। अहिले भ्याक्सिनेसन भइरहेका देशमा पनि यस आयु वर्गलाई भ्याक्सिन लाइएको छैन।
कोरोनाबारे अहिलेसम्म थाहा पाइएका तथ्यहरुकाे निचाेड यति नै हो तपाईले कोरोना संक्रामक प्रकृतिकाे रोग हो तर यसलाई जसरी भयानक हौवाको रुपमा प्रस्तुत गर्ने काम भइरहेको छ, त्यसरी डराई डराई बस्नु भने आवश्यक छैन। जस्तै भौतिक दूरीको पालना, मास्कको प्रयोग र नियमित हात धुने, भीडभाडमा अनावश्यक रुपमा नजाने, बन्द कोठमा धेरै मानिसहरु नबस्ने लगायत जनस्वास्थयका निर्धारित मापदण्डहरुको पालना र उचित सतर्कता एवं सावधानी अपनाउने हो भने १७ देखि ५० सम्मको जमातले ( कुनै किसिमको दीर्घरोग नभएका ) यसबाट किंचित पनि भय मान्नु पर्दैन। तर यसका साथै तपाईले के कुरामा होश पुर्याउनु पर्छ भने तपाई केही गरी संक्रमित भइहाल्नु भयो भने तपाईबाट यो संक्रमण अरुमा फैलिन नपाओस्। संक्रमणको पूर्वानुमान हुनासाथ तपाईले 'आइसोलेट' हुनु पर्छ। १६ वर्ष मुनि र ६० वर्ष माथीका आयु वर्ग वालाले कोरोना संक्रमण हुनुबाट सकेसम्म जोगिनु पर्छ।
यसको अर्थ के हाे भने, तपाई हामीले अहिले पनि भीड़भाड़मा जान, पार्टी, उत्सव,समारोह जस्ता आयोजनबाट दूरी नै कायम राख्नु पर्छ। बालबालिका कोरोनाका 'स्प्रेडर' बन्न सक्ने तथ्यप्रति आँखा चिम्लनु र उनीहरुलाई संक्रमणले सताउन सक्दैन भन्नु मूर्खतापूर्ण कुरा हो। अझै ३-४ महीना स्कुल बन्द हुँदा कुन चाहिँ आकाश खस्छ ? सिनेमा हल जस्ता भीड़ हुने स्थान न खोलिँदा के देशको अर्थतन्त्र नै धराशायी हुन्छ ?
तपाई हामी नेपाली आफैले सजग हुनु आवश्यक छ, सरकारको के छ– देशमा कथम कदाचित फेरी १५-२० हज़ार संक्रमित देखा परे भने उसले लकड़उन घोषित गरी दिन्छ। वर्तमान शासकले यही खोजे जस्तो पनि देखिन्छ, मुलुकको राजनीति डावाडोल भई रहेको अवस्थामा उसले कोरोनालाई नै लिएर संकटकाल घोषित गर्न पायो भने परमेश्वरको कृपा ठानी सहर्ष घोषणा गरी दिन्छ।
ब्राजिलका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई व्यक्तिगत पत्र लेख्दै छिटोभन्दा छिटो २० लाख थान भ्याक्सिन उपलब्ध गराई दिने अनुरोध गरेका छन्। आजै यस विषयमा भारतका स्वास्थ्य मन्त्रीले देशका अन्य यस सम्बन्धी विज्ञ टोलीसंग यस विषयमा परामर्श गर्न गई रहेका छन्। भारतीय स्वास्थ्य मन्त्रीले आजै ब्राजीललाई भ्याक्सिन उपलब्ध गराउने निर्णय गर्ने सम्भावना छ। यो समाचार पढेर म जस्तालाई आफ्नो प्रधानमन्त्रीसंग के यो सोध्ने अधिकार छैन, तपाईं त्यहाँका टीभीलाई अन्तर्वार्ता दिन डाक्न सक्नु हुन्छ, त के भारतीय सरकार अथवा प्रधानमन्त्रीसंग छिटोभन्दा छिटो भ्याक्सिन उपलब्ध गराई दिने अनुरोध गर्न सक्नु हुन्न ! के यसमा पनि तपाईको पार्टीले वा तपाईंका विरोधी राजनीतिज्ञहरुले अड़ंगा लगाइरहेको छ, तपाईलाई काम गर्न दिइरहेको छैन ? अहिलेसम्म प्राप्त जानकारी अनुसार भारत सरकारले कोरोना भ्याक्सिनको निकासीमा प्रतिबन्ध लाएको छैन। भारत बायोटेक र सीरम इंस्टीट्यूटले आधी भ्याक्सिन भारतलाई र आधी उत्पादन खुला बाजारमा बेच्ने घोषणा गरेका छन्। यस्तो परिस्थितिमा त नेपालका कतिपय व्यापारीले नै आफ्नो सम्बन्धका आधारमा सीरमका सीईओ अदार पूनावालासंग संपर्क गरी नेपालमा भ्याक्सिन ल्याउने भूमिका निर्वाह गर्न सक्छन्। नेपालले सीरम कै भ्याक्सिनलाई अनुमति दिएको पनि हो।
समस्त नेपालीले अरु तीन महीनासम्म आफ्ना घरका वृद्धजन र बाल बालिकालाई उचित संरक्षण दिनु आवश्यक छ। स्कुल खोलिए पनि आफ्ना घरका चिरागलाई बाहिर चलिरहेको आँधीबेहाेरीमा पठाउने जोखिम नलिनुस।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा