बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सोमबार, ०५ माघ २०७७, ११ : ०६
सोमबार, ०५ माघ २०७७

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 
यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप