बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु

सोमबार, ०५ माघ २०७७, १० : ४४
सोमबार, ०५ माघ २०७७

अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुले उनीहरुकै लागि विषेश रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने भएका छन् । एनसेलले आवश्यकताअनुसारको सम्पूर्ण सेवाप्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमाल्याएको छ ।

एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफअभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो । आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथग्राहकका आवश्यकता बमोजिम सेवाप्रवाह गर्नका बिजप्लस प्लानल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यसमा भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएको छ ।

साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथानिकायहरुले ३० दिनकालागि करबाहेक रु १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।

नयाँबिजप्लस प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्रबिजनेश आवरमा निःशुल्कभ्वाइस तथा एसएमएस गर्न, एफएनएफअर्थात परिवार तथा साथी भाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउँछन् । यसका साथै बिजप्लानप्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्नेछन् ।

साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको रु १४९ वा रु १९९ शुल्कलाग्ने प्लानहरु सुचारु गर्न सक्छन् । कर्पोरेट ग्राहकले रु २९९ देखि रु १,४९९ सम्मका ६ वटा बिजप्लानमध्ये कुनै पनि प्लान सुचारु गर्न सक्छन् । त्यस्तै सरकारी कार्यलयका ग्राहकले रु १४९ देखि रु ४९९ सम्मका ४ वटा प्लानहरु मध्यआफ्नो आवश्यकताअनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् । बिज प्लानअन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप