बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्राउन सुगरसहित झापाबाट ३ जना पक्राउ

सोमबार, ०५ माघ २०७७, १० : २७
सोमबार, ०५ माघ २०७७

काठमाडौं । प्रहरीले झापाबाट ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाह छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ३२ वर्षीय देवेन्द्रलाई घरबाट पक्रेको थियो । देवेन्द्रको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

देवेन्द्रको बयानको आधारमा ब्राउन सुगरको स्थानिय डिलर संचालक गौरादह नगरपालिका–३ का लक्ष्मण दास र राम शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गौरादह नगरपालिका–१ बाट पक्राउ गरिएको हो ।

लक्ष्मण र राम शाहको साथबाट २३ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

आइतबार साँझ मे ७प ९०८१ नम्बरको मोटरसाइकलमा लागु औषध बोकेर हिँडेको बेला पक्राउ परेका राम र लक्ष्मण प्रयोगकर्ता पनि हुन् ।

लागु औषध कारोबारीबारे थप अनुसन्धान भईरहेको एसपी भट्टराईले बताए । उनले भने–‘लागु औषधबिरुद्धको सचेतना अभियान र कारवाही आक्रामक रुपले अगाडी बढाएका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप