लेवान्डोस्कीले तोडे गोलको ४२ वर्ष पुरानो कीर्तिमान
रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेस लिगामा गर्ड मुलरले बनाएको ४२ वर्ष पुरानो गोलको कीर्तिमान तोडेका छन् । एससी फ्रीबर्गविरुद्ध बायर्नलाई जीत दिलाउने क्रममा गोल गर्दै लेवान्डोस्कीले सो कीर्तिमान बनाएका हुन् ।
लिगको पहिलो हाफमा मुलरले बनाएको १६ खेलपछि २० गोलको कीतिमानलाई लेवान्डोस्कीले तोड्न सफल भएका छन् । उनले १६ खेलमा २१ गोल गरिसकेका छन् ।
पोल्याण्डका खेलाडीले गत सिजन बायर्नलाई ट्रेबल जित्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले यस क्रममा ४७ खेलमा ५५ गोल गरेका थिए । यसमध्ये ३४ गोल उनले जर्मनीको लिगमा गरेका थिए ।
३२वर्षीय खेलाडी एक गोलले लाजियोका सिरो इमोबाइलसँग पछि पर्दै युरोपीयन गोल्डन शु जित्नबाट भने वञ्चित रहेका थिए । यो सिजन पोलिस खेलाडी यो रेसमा सबैभन्दा अगाडि रहेका छन् ।
गत सिजन उत्कृष्ट प्रदर्शन गरेबापत् उनले वर्षको उत्कृष्ट पुरुष खेलाडीका रुपमा फिफा द बेस्ट मेन्स प्लेयर अवार्ड पनि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा