शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलका लागि भेनेजुएलाले पठायो अक्सिजन

सोमबार, ०५ माघ २०७७, ०९ : ११
सोमबार, ०५ माघ २०७७

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ब्राजिलको उत्तरी अमेजन राज्यका लागि उनले आवश्यक अक्सिजन पठाएको जानकारी दिएका छन् । 

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले आइतबार अक्सिजन सिलेन्डरले भरिएका ट्रकहरु सोमबार बिहानै अमेजन पुर्याएको जानकारी दिए । अमेजन हाल कोरोनाभाइरस महामारीको दोस्रो लहरसँग जुधिरहेको छ । 

भेनेजुएलाको दक्षिणको एक राज्यका गभर्नर जस्टो नोगुएराको सन्देश पढ्दै मादुरोले भने, ‘सोमबार अक्सिजन सिलिन्डरले भरिएका ६ वटा ट्रकलाई ब्राजिलको सेन्टा एलेना दे उवारेन सीमामा ब्राजिलका स्वास्थ्य अधिकारीलाई सुम्पिइनेछ । यी ट्रक पछि अमेजन राज्यको राजधानी मानुसको अस्पतालसम्म पुर्याइनेछ जहाँ कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । 

यी ट्रकमार्फत् १ लाख ३६ हजार लिटर अक्सिजन ब्राजिल पुर्याइएको छ जसमार्फत् १४ हजार अक्सिजन सिलेन्डर भर्न सकिन्छ । 

मादुरोले भने, ‘हामी ब्राजिलका जनतालाई हामी सधैं उनीहरुलाई मद्दत गर्नका लागि तत्पर छौं भनेर बताउन चाहन्छौं ।’

सोमबार ब्राजिलका स्वास्थ्य अधिकारीले चिनियाँ कम्पनी साइनोवेक बायोटेकले बनाएको कोरोना भ्याक्सिन र बेलायतले बनेको एस्ट्राजेनिकाको आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो । 

यसअघि ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना भ्याक्सिन लगाउन अस्विकार गरिसकेका छन् । महामारीको सुरुवातमा बोलसोनारोले यसलाई सामान्य फ्लू बताएका थिए ।

कोरोना महामारीसँग जुध्नका लागि उनले अपनाएको तरिकाको देशभित्र अत्यधिक आलोचना भइरहेको छ । 

जोन्स हप्किन्स युनिभर्सिटीको डेशबोर्डका अनुसार हालसम्म ब्राजिलमा ८,४८८,०९९ मानिसहरु कोरोनाद्वारा संक्रमित भइसकेका छन् भने यसका कारण २,०९,८४७ को मृत्यु भएको छ । कोरोनाका कारण भएको मृत्युको मामिलामा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप