शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरले हरायो युभेन्टसलाई

सोमबार, ०५ माघ २०७७, ०९ : १०
सोमबार, ०५ माघ २०७७

एन्टोनियो कोन्टेले इटालियन सिरिए एमा इन्टर मिलानलाई आफ्नो पूर्वक्लब युभेन्टसविरुद्ध जीत दिलाएका छन् । २–० को जीत हासिल गर्दै इन्टरले शीर्ष स्थानमा रहेको एसी मिलानसँग अंक बराबरी गरेको छ ।

अर्टुरो भिडालले खेलको शुरुवातमा नै इन्टरलाई अग्रता दिलाए । इटालीमा ६ वर्षपछि उनको पहिलो गोल हो । उनले पछिल्लो पटक युभेन्टसका लागि सन् २०१५ को मेमा गोल गरेका थिए । दोस्रो हाफमा निकोलो बरेलाले अर्को गोल थप्दै इन्टरको जीत सुनिश्चित गरे ।

निरश खेल प्रदर्शन गरेको साबिक विजेता युभेन्टस लिगको पाँचौ स्थानमा खस्किएको छ । आन्द्रे पिर्लोको टोली दुई मिलान क्लबभन्दा ७ अंकले पछि परेको छ । इन्टरभन्दा एक खेल कम खेलेको एसी मिलानले सोमबार काग्लियारीविरुद्ध जीत हासिल गरे शीर्ष स्थानमा पुनः अग्रता बनाउनेछ ।

अन्य खेलमा नापोलीले फ्लोरेन्टिनालाई ६–० गोलले हरायो भने पार्मा र सासुलोले १–१ को बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप