चोरको आँखा पल्सरमा : काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी !
पछिल्ला दिनमा काठमाडौँ उपत्यकाबाट दैनिक चारदेखि पाँचवटा मोटरसाइकल चोरी हुने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा दैनिक आउने उजुरीले यो तथ्यलाई पुष्टि गर्छ ।
विशेष गरी बजाज कम्पनीको पल्सर मोटरसाइकल धेरै चोरी हुने गरेको महाशाखाको तथ्यांक छ । गत मंसिर महिनामा मात्रै उपत्यकाबाट एक सय ४३ वटा मोटरसाइकल चोरी भएको उजुरी महाशाखामा परेको थियो । चोरी भएकामध्ये एक सय ११ वटा पल्सर मोटरसाइकल छन् ।
त्यसैगरी पुसमा एक सय ४७ वटा मोटरसाइकल चोरी भएको उजुरी परेका छन् । तीमध्ये एक सय १७ वटा पल्सर मोटरसाइकल चोरी भएका छन् । महाशाखाकाअनुसार कात्तिकमा एक सय ११ वटा मोटरसाइकल चोरी भएकामा ९३ वटा पल्सर मोटरसाइकल छन् । चोरी भएको अनुपानमा भेटिने संख्या भने कमै देखिन्छ ।
उपत्यकाबाट चोरी हुने मोटरसाइकलमा २२० सीसीका पल्सर मोटरसाइकल धेरै छन् । पल्सर मोटरसाइकलको इन्जिनमार्फत पानी तान्ने मोटरको काम गर्न सकने भएकाले चोरीमा संलग्न गिरोहको रोजाइमा यो मोटरसाइकल पर्ने गरेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार