शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानः सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या

सोमबार, ०५ माघ २०७७, ०६ : ०२
सोमबार, ०५ माघ २०७७

अफगानितानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या भएको छ । अधिकारीले यसबारे जानकारी दिएका हुन् । 

अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार दुई महिला एक बहानमार्फत् कार्यालय जाँदै थिए तब बन्दुकधारीले उनीमाथि हमला गरेका हुन् । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना हटाउन जारी राखेका बीच पत्रकार, समाजिक कार्यकर्ता र राजनीतिक हस्तीलाई निशाना बनाइएको यो ताजा मामिला हो । अब अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २,५०० रहेको छ । 

अफगानिस्तानका उप–राष्ट्रपतिले यो हप्ता बीबीसीसँगको कुराकानीमा भने, ‘पहिल्यैदेखि अस्थिर देशमा अमेरिकी सेना हटेपछि थप हिंसाको आशंका छ ।’

आइतबार के भयो ?

महिला न्यायाधीशमाथि बिहानै घातक हमला भएको हो । यसमा उनीहरुका ड्राइभइर पनि घाइते भए । 

यो घटना काबुलको कला–ए–फतुल्लाह इलाकामा भएको हो । अहिलेसम्म यसको कसैले जानकारी लिएको छैन ।

पछिल्लो हत्याका लागि तालिबानमाथि शंका जताइएको छ तर यी चरमपन्थीले यी हत्याको कुरा स्विकारेका छैनन् । 

तालिबानका प्रतिनिधि तथा दोहामा अफगान सरकारबीच चलिरहेको शान्तिवार्ताका बीच यो टारगेट हत्या भएको हो । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप