बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९ हजार नाघ्यो, एक मिनेटभित्र १४० खोप वितरण

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप ६७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९ हजार २६१ पुगेको छ ।
अघिल्लो दिन शनिबार १२९५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो, जुन महामारी शुरु भएयता सबैभन्दा बढी संख्या हो । पछिल्लो एकसातामा मात्र तीन हजार ४१७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैगरी बितेको २४ घण्टाभित्र ३८ हजार ५९८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ९५ हजार ९५९ पुगेको छ । बेलायतमा झन्डै तीन हप्ता पुग्न लाग्दा संक्रमित संख्या ४० हजारभन्दा कम भएको हो ।
हाल बेलायतका अस्पतालमा ३७ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । आइतबारसम्ममा ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको छ ।
जसमध्ये ३८ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् । सरकारले आज दिएको जानकारी अनुसार एक मिनेटमा १४० खोप वितरण गरिएको छ जुन संक्रमित हुने संख्या भन्दा धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन