मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मिन्स सिंगल टप १६ लिगमा शिल्कग्रुपका प्रिन्स दाहाल विजयी

आइतबार, ०४ माघ २०७७, १९ : ५४
आइतबार, ०४ माघ २०७७

सिरहा । सिरहाको गोलबजारस्थित नवनिर्मित कभर्ड हलमा सञ्चालित १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन टुर्नामेन्ट आज सम्पन्न भएको छ । गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजनामा सञ्चालित उक्त टुर्नामेन्टमा नौं इभेन्टमा खेलाईएको थियो । आजको अन्तिम खेलमा मिन्स सिंगल टप १६ लिग फाइनल खेलमा एपीएफका दिपेश धामीलाई हराउँदै शिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम भएका छन् ।

त्यसैगरी वीमेन्स फाइनलमा झापाका अन्जना राईलाई हजारउँदै कैलालीका प्रार्थना देउवाले जित हासिल गरेका छन् । त्यसैगरी वीमेन्स सिंगल टप १२ लिगको फाइनल खेलमा आर्मी क्लव रसिला महर्जनलाई हराउँदै एपीएफ का जेसिका गुरुङ विजेता बनेका थिए ।

त्यस्तै  मिन्स डबलतर्फ प्रविन लिन्थेप र सरोज महर्जन विरुद्ध नविन श्रेष्ठ र रत्नजित तामांगले जित हासिल गरेका थिए । त्यस्तै वीमेन डब्बल तर्फ जेसिका गुरुंग र सुनैना मुखियाविरुद्ध अमिता गिरी र रसिला महर्जनले जित हासिल गरेका थिए । त्यसैगरी ब्वाइज अन्डर सेभेन्टीतर्फ आयुष्मान नागरी विरुद्ध भोज बहादुर गुरुंगले जित हासिल गरेका थिए ।

त्यस्तै गल्र्स अन्डर सेभेन्टी तर्फ रोज पाण्डे विरुद्ध रसिला महर्जनले जित हासिल गरेका थिए । त्यस्तै मेन्स डब्बल फोर्टीफाइभ अन्डरमा खेलाइएको खेलमा सोभाकर भण्डारी र नविन पराजुली विरुद्ध अनिल कुमार लाखे र सुभाष श्रेष्ठले जित हासिल गरेका थिए ।

पाँच दिनसम्म चलेको प्रतियोगितामा ९ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रोत हुने २ जनालाई १० हजारका दरले जम्मा ५ लाख ९३ हजार पुरस्कार रासी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ४० स्थानका तीन सय २५ जना प्रतियोगिहरु सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप