बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सेनाको अपरेशन महाहण्ट–७ः गैंडाको खाग तस्कर समातिए

आइतबार, ०४ माघ २०७७, १८ : ५९
आइतबार, ०४ माघ २०७७

चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाद्वारा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको निकुञ्ज कर्मचारीसहितको टोलीले गते गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नम्बर ७ नयाँबजार निवासी कैलाश आले मगर र नवलपुरको गैंडाकोट नगरपालिका १ बस्ने अशोक गुरुङ्ग रहेका  छन् । 

उनीहरुलाई कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । 

‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटना नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप