शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह गर्दै अभिनेत्री मौरी, दुलहा दुवई निवासी सुरज

आइतबार, ०४ माघ २०७७, १८ : ३७
आइतबार, ०४ माघ २०७७

मुम्बई । अभिनेत्री मौनी रायले विवाह गर्ने भएकी छन् । आइतबार बिहानैदेखि उनको विवाहको समचारले सामाजिक संजाल तातेको छ । उनले दुवई निवासी सुरज नान्बियारसँग विवाह गर्न लागेकी हुन् । दुवै पछिल्लो केही समयदेखि एकअर्काेसँग डेटमा रमाउदै आएका थिए ।

मौरी लकडाउनको सुरुको समयदेखि नै दुवईमा बस्दै आएकी छिन् । उनी सामाजिक संजाल मार्फत फ्यानसँग पर्सनल जीवनका बिषयहरु समेत शेयर गर्ने गर्दछिन् । केही दिन अगाडि उनले आफ्नो सम्बन्धको खुलासा गर्दै सुरज र उनको परिवारका साथ तस्बिर समेत सार्वजनिक गरेकी थिइन् ।

उनले सुरजको आमाबुबालाई ममी, ड्याडी भनेर सम्बोधन समेत गरेकी थिइन् । उनका नजिकका ब्यक्तिका अनुसार उनी छिट्टै विवाहको प्लानिङ गर्दैछिन् ।

मौरी छिट्टै फिल्म ‘ब्रहास्त्र’मा समेत देखिदैछिन् । यो फिल्मका उनको अलवा आलिया भट्ट, रणवीर कपुर र अमिताभ बच्चनको समेत मुख्य भुमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप