शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्धन कार्यक्रम सुरु

आइतबार, ०४ माघ २०७७, १८ : ३१
आइतबार, ०४ माघ २०७७

काठमाडौं । बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तर्गत युवा उद्यमी प्रवर्धन कार्यक्रम सुरु भएको छ ।

शनिबार एक कार्यक्रमका बिच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गरे ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, बिषयबिज्ञता र बजारको बस्तुस्थीतिबारे राम्रो ज्ञान हुनआवश्यक रहेको बताए । उनले घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरुकै लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह समेत गरे । 

मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले युवामैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउदैं आगामीबर्ष युवा लक्षित कार्यक्रमलाई बढाउदै जाने बताए । 

राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोचमाथी लगानीगर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह गरे । उनले सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा बितरणमा अन्य बैंक भन्दा निकै अघि रहेको उल्लेख गदैं आगामी दिनमा युवा उद्यमी प्रवर्धनमा बैंक क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे ।

सरकार, वित्तिय संस्था र निजि संस्थाको संयुक्त आयोजनामा सुरु भएको यो कार्यक्रम बागमती प्रदेशभित्रका ६ वटा (व्यवस्थापन–बीबीए÷एमबीए) कलेजहरु र सामाजिक संस्थाहरु (लियो÷रोट््याकक्लव)सँगको सहकार्यमा चितवन, हेटौडा, धुलिखेल र सिन्धुली जिल्लामा गरी १० वटा बृहत उद्यमशीलता र वित्तीय साक्षरता सहितको युवा उद्यमी प्रवर्धन कार्यक्रम आयोजना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । 

युवाहरुलाई उद्यमव्यवसायतर्फ आकर्षित गर्न, विद्यार्थीमा अध्ययन पुरा गरेपछि जागिर खोज्ने भन्दा आफैले नयाँ उद्यम सुरुवात गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ सञ्चालन हुने यो कार्यक्रमको एउटा सेसनमा २०० जना युवा विद्यार्थीलाई राखेर स्वदेश तथा विदेशमा उद्यमशीलता विकास, नयाँ अवशरहरु, इनोभेसन र टेक्नोलोजी, नेपालमा नयाँ स्टाट अफ कम्पनीलाई सरकारले दिने अनुदान, बैंकहरुको लगानी, कम्पनी दर्ता र यसका चुनौति, बजार विस्तार लगायतका विभिन्न बिषयमा केन्द्रीत रहनेगरी कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका संयोजक एवं विशाल फाउन्डेशनका कार्यकारी निर्देशक विशाल गैरेले जानकारी दिए ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप