अशोक लेलैन्डको मेगा ‘विन्टर सर्भिस क्याम्प २०२१’ सुरु
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैन्डले ‘मेगा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ । क्याम्प देशैभरी रहेका १३ सर्भिस सेन्टरहरुमा लागु हुने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनी उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्ने छन् ।
यो सर्भिस क्याम्पको अफरहरु अशोक लेलैन्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्शियल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पीङ्गमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौं भन्ने नाराका साथ शुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुने छ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहकहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल