शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

आइतबार, ०४ माघ २०७७, १८ : १६
आइतबार, ०४ माघ २०७७

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

बैंकको २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस सेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माग २ गते सूचीकृत भएको हो । 

उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । साथै बोनस सेयर धितोपत्रको दोस्रो बजारमा २माग ५ देखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप