शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा सामुदायिक पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

आइतबार, ०४ माघ २०७७, १८ : १२
आइतबार, ०४ माघ २०७७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखा स्थित फ्रेन्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले फ्रेन्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त सो रकम फ्रेन्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिका वडा नं। १, केराबारी स्थित शिला रेग्मी ९आत्रेय० सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ । विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हँुदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पुर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप