राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुँदै
आइतबार, ०४ माघ २०७७, १७ : ०५

माघ अन्तिम साताबाट बौद्ध स्थित अजिमा स्नुकर हाउसमा चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ ।
नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियोे । प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार ५ सय प्राप्त गर्ने छन् । १ सय ४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्दा हाईएस्ट ब्रेक गर्नेले २१ हजार ५ सय नगद पाउने छन् भने सेन्चुरी ब्रेक गर्नेले २ लाख १ हजार र बेस्ट प्लेयरले ११ हजार ५ सय पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नुहोला : सांसद कार्की
-
आईफामा लापता लेडिजको वचर्श्व, उत्कृष्ट फिल्म सहित १० अवार्ड
-
नेपालमा लोडसेडिङको हट्नुमा कसको कति योगदान ?
-
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन ||LIVE||
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु