विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान’
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले विभिन्न कारणले विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।
यस अभियानअन्तर्गत टाटा कमर्शियल गाडीहरुको खरिदमा बिना धितो ६५ भन्दा कम ब्याजदरमा ७५५ सम्मको फाइनान्स सुबिधा प्राप्त गर्न सक्नेछन् । साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाइएको छ ।
युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
जसअन्तर्गत कम्पनीले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्बृद्धी हासिल हुने विश्वास लिएको छ । यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको शोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्नेछन् ।
साथै घर बसीबसी आफ्नो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिसकल दिएर थप जानकारी हासिल गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता