शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तोमा सामान डेलिभरी गर्ने भन्दै फेसबुकमा विज्ञापन गरेर ठग्ने पक्राउ

आइतबार, ०४ माघ २०७७, १४ : ५५
आइतबार, ०४ माघ २०७७

ललितपुर । प्रहरीले फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् ।

उनीहरुबारे जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  उनीहरुले फेसबुकमा विभिन्न इलेक्ट्रोनिक समानहरु कम्प्युटर, मोवाइल, घडी, ल्यापटप क्यामेरा लगायतका सामान बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि फेसबुकमा विज्ञापन राखि विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम डिपोजित गर्न लगाउने र त्यसरी रकम जम्मा भएपछि सम्पर्कविहिन भइ समान समेत डेलिभरी नगर्ने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसक्रममा उनीहरुले एक करोड रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप