शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणको लागि सहयोग

आइतबार, ०४ माघ २०७७, १३ : ४३
आइतबार, ०४ माघ २०७७

काठमाडौं । सांगितिक रियालीटि शो कार्यक्रम वाईवाई नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सहयोग गरेको छ । सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउन्डबाट प्रवेश  गरेका थिए । 

उनको आफनो  गायनको श्रृङ्खलाको निरन्तरता नेपाल स्टारको  उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त्त सहयोग गरको हो । 

अडिसन राउन्डदेखि आजको दिनसम्म आफनो मेहनत र परिश्रमले उत्कृष्ट ६ सम्मको यात्रा तय गरेकोमा वृज सिमेन्टले उक्त सहयोग गरेको हो ।

प्रतिभाको उच्च मूल्यांकन गर्दै वृज सिमेन्टले आवास निर्माणको लागि सहयोगको हात अगाडि बढाउन चाहेको कम्पनीले बताएको छ । उक्त्त सहयोग घोषणा कार्यक्रम नेपाल स्टारको सुटिङ स्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इन्डष्ट्रिजका कार्यकारी निर्देशक मोहित केडियाले गरे । 

वृज सिमेन्टका कार्यकारी निर्देशक मोहित केडियाले भने, ‘नेपाल स्टारलाई स्पोन्सर गर्दै आएको छ र देखि सहभागीहरुको हौसला बढाउनको घोषणा गर्दै आइरहेको छ र यो श्रृङ्खला अन्तिम प्रतिस्र्पधासम्म हुनेछ । यसै सन्दर्भमा यस कार्यक्रमका सहभागीलाई धन्यवाद दिन चाहन्छु । आशा छ, हाम्रो सानो टेवाले, भविष्यमा वहाँलाई  अगाडि बढने हौसला प्रदान गर्नेछ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप