
चिकित्सक लाइसेन्स दर्ता परीक्षाको फारम खुला

नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स दर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । ५९ औं लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते परीक्षा सञ्चालन गर्ने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
फागुनमा हुने परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवेदन फाराम खुला गरेका हो । परीक्षामा सहभागी हुनका लागि आवेदकले काउन्सिलको वेबसाइटमा दिइएको निर्देशन अनुसार अनलाइन आवेदन फारम भर्न सकिने जारी सूचनामा उल्लेख छ ।
माघ ५ देखि २४ गतेसम्म नियमित र माघ २५, २६ गते शुल्कसहित फारम बुझाउन पर्ने काउन्सिलले जनाएको छ । परीक्षा सञ्चालन काठमाडौंकै केन्द्रमा हुने छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ