तालिबान प्रमुखले आफ्ना नेतालाई भने, ‘कम विवाह गर्नुहोस्, दुश्मनले प्रोपोगान्डाको मौका पाउँछन्’

अफगान तालिबान प्रमुखले आफ्ना नेतालाई धेरै विवाह नगर्न अपिल गरेका छन् ।
पत्रिका दुनियाका अनुसार अफगान तालिबान प्रमुख मुल्ला हैबतुल्लाहले एक बयान जारी गरेर अफगान तालिबान नेतासँग कम विवाह गर्न अपिल गर्दै यसो गर्दा दुश्मनले आफूहरु विरुद्ध प्रोपोगान्डा गर्ने मौका पाउने बताएका छन् ।
बयानमा यदि कसैले दोस्रो विवाह गर्न चाहन्छन् भने ती व्यक्तिले अफगान तालिबान प्रमुखसँग लिखित अनुमति लिनुपर्ने बताइएको छ ।
धेरै विवाहका कारण तालिबान नेताले विवाहका लागि फन्डिङको माग अत्यधिक बढ्न थालेको बयानमा भनिएको छ ।
एकभन्दा बढी विवाहमा रोक त लगाइएको छैन तर तालिबान नेतृत्व र तालिबानका कमान्डरले धेरै विवाह नगर्दा यस्तो प्रकारको समस्याबाट बच्ने र दुश्मनले उनीहरुविरुद्ध प्रोपोगान्डाको मौका पनि नपाउने बयानमा उल्लेख गरिएको छ ।
धेरैजसो तालिबान नेताले एकभन्दा बढी विवाह गरेका छन् । अफगानका संस्थापक मुल्ला मोहम्मद उमर र उनी पछिका प्रमुख मुल्ला अख्तर मंसूरका तीन–तीन श्रीमती थिए ।
तालिबानका हालका प्रमुखका दुई श्रीमती छन् । दोहामा तालिबानका सबैभन्दा वरिष्ठ नेता मुल्ला अब्दुल गनी बरादरका तीन श्रीमती छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?