शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाइरल भयो सोनमको नयाँ अवतार (तस्बिरहरु)

आइतबार, ०४ माघ २०७७, १३ : ०१
आइतबार, ०४ माघ २०७७

बलिउड सुन्दरी सोनम कपूर फिल्मबाहेक आफ्नो फेशन स्टाइललाई लिएर पनि चर्चामा रहन्छिन् । अहिले सोनम कपूर आफ्ना नयाँ फोटोसूटका कारण चर्चामा छिन् । 
यी फोटोहरुमा उनी निकै सुन्दर देखिएकी छिन् । आफ्नो फोटोसूटका तस्विरहरुलाई उनले इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् ।

तस्विरमा सोनम कपूर फ्रेन्च फेशन डिजाइनर स्टिफन रोल्यान्डको एक पहेंलो रंगको गाउनमा देखिएकी छिन् । यस ड्रेसमा उनी निकै आकर्षक शैलीमा पोज दिइरहेकी छिन् ।  त्यस्तै, यही गाउनको कम्मरमा कालो रंगको बेल्ट पनि छ । जसले जोकोहीको ध्यान खिच्छ । 

सोनम कपूरको यस गाउनमा नेकलाइनमा गरिएको गोल्डेन क्यावियर एम्ब्रायडरी हा । यो कुनै नेकपिसजस्तो देखिएको छ । 
यस ड्रेससँगै सोनम कपूरले खास मेकअप पनि गरेकी छिन् । उनले चम्किलो गहिरो रातो रंगको लिपिस्टिक र स्मोकी आईज निकै पर्फेक्ट किसिमले लगाएकी छिन् । 
सोशल मिडियामा सोनम कपूरको फोटोसूटका यी सबै तस्विर तेज रुपमा भाइरल भइरहेका छन् । उनका फ्यान र सोशल मिडियाका धेरै युजर्सले तस्विरको निकै प्रशंसा गरिरहेका छन् । 

उनीहरुले कमेन्टमा सोनम कपूरको ड्रेस र लुकको पनि जमेर तारिफ गरिरहेका छन् । सोनम कपूर सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । उनी आफ्ना फ्यानका लागि खास तस्विर र भिडियो पनि शेयर गर्छिन् । जसलाई फ्यानहरुले निकै प्रसंशा पनि गर्छन् । 

पछिल्लोपटक सोनम कपूर वेव फिल्म ‘एके भर्सेज एके’ मा देखिएकी थिइन् । नेटफ्लीक्सबाट रिलिज भएको यस फिल्मलाई दर्शकहरुले निकै मनपराएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप