संसद् विघटनको पक्षमा शंकरको यस्तो तर्क
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले विघटन गरेर प्रतिनिधिसभा मासेको वा हत्या नगरेको दावी गरेका छन् । उनले नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको पनि दावी गरेका छन् । उनले संसद् विघटन गर्नुपर्नाको कारण नयाँ युगका लागि भनेर दावी समेत गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘प्रचण्डहरुले भनेझै संसद् मासेको÷संसदको हत्या गरेको नभै नयाँ जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको हो । नयाँ युगतर्फको यात्राका लागि ।’
संसद विघटनपछि त्यसको विपक्षमा सवै राजनीतिक दल तथा नागरिक समाज आन्दोलित छ । संसद विघटनलाई दलहरुले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भन्दै आएका छन् । संसद पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा परेका रिटमा सुनुवाई भइरहेको छ । तर, केपी ओली पक्षका नेताहरु नयाँ जनादेशका लागि भन्दै ५ बर्षे संसदलाई बीचमै विघटन गर्नुलाई ठुलो उपलब्धिका रुपमा व्याख्या गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या