सिंगटी हाइड्रोपावरको आईपीओ खुल्यो, कतिसम्म पाइन्छ भर्न ?
सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइबतारदेखि आईपीओ बिक्री खुला गरेको हो
कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । यसमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।
यो आइपीओ माघ १८ गतेसम्म भर्न सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा भने फागुन ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।
सिंगटीले परियोजना निर्माणका लागि निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ अनुमान गरेको छ । लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष अनुमान गरिएको छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी