महाभारतका कर्ण बन्नेछन् शाहिद कपुर, बनाइनेछ मेगा बजेट फिल्म !
नायक शाहिद कपुरले आफ्नो फिल्मी करियरमा विभिन्न भूमिका निर्वाह गरेका छन् । कबिर सिंहदेखि पद्मावतका रतन सिंहसम्म, नायकले आफ्नो प्रस्तुतीले सबैलाई अत्यधिक प्रभावित पारेका छन् ।
अब खबरका अनुसार शाहिद कपुर एकपटक पुनः ठूलो प्रयोग गर्ने भएका छन् । उनले रंग दे बसन्ती निर्देशक राकेश ओमप्रकाश मेहरासँग हात मिलाएका छन् ।
खबरका अनुसार राकेश महाभारतका पात्र सूर्यपुत्र कर्णमाथि एक फिल्म बनाउन चाहन्छन् । उनी महाभारतको कहानी कर्णको दृष्टिकोणले बताउन चाहन्छन् । अब उक्त विशेष प्रोजेक्टका लागि उनले शाहिद कपुरसँग कुरा गरेका छन् ।
उनी शाहिद कपुरले उनको फिल्ममा कर्णको भूमिका निभाउन् भन्ने चाहेका छन् । एक समाचार पोर्टलका अनुसार यो राकेश ओमप्रकाशको एक ड्रीम प्रोजेक्ट हो र उनी लामो समयदेखि फिल्म बनाउन चाहन्थे ।
खबरका अनुसार निर्देशकले आफ्नो यो मेगा बजेट फिल्मका लागि निर्माता पाएका छन् । यस्तै शाहिदले पनि यो फिल्मका लागि स्विकारोक्ति दिइसकेका छन् । यस्तोमा वर्षको अन्त्यसम्म फिल्मको सुटिङ सुरु गरिने सम्भावना छ ।
शाहिद कपुर हाल आफ्नो फिल्म जर्सीका लागि सुटिङ गरिरहेका छन् । क्रिकेटरको जीवनमा बनिरहेको यो फिल्मका लागि शाहिदले निकै मिहिनेत गरिरहेका छन् ।
फिल्म यसैवर्ष रिलिज गरिने सम्भावना पनि छ ।
यस्तै पछिल्लो पटक शाहिदलाई फिल्म कबिर सिंहमा देखिएको थियो । त्यो फिल्म नायकको करियरको सबैभन्दा ठूलो ब्लकबस्टर साबित भयो र यसले उनको करियरलाई नयाँ दिशासमेत दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा