मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई कोरोनाको भ्याक्सिन

आइतबार, ०४ माघ २०७७, ०८ : ४०
आइतबार, ०४ माघ २०७७

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । 

भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ ।

मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको लक्षण देखिएको छ । 

मिडिया रिपोर्ट अनुसार यी मानिसहरुलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ । अधिकारीले खोप अभियानको पहिलो दिन केही प्राविधिक समस्या आएपनि त्यो ठिक पारिएको जानकारी दिए । 

केन्द्र सरकारको योजना अनुसार सुरुमा सरसफाईकर्मी, डाक्टर र नर्सलाई कोरोना भ्याक्सिन दिइएको जसले अग्रपंक्तिमा बसेर महामारीविरुद्ध मोर्चा सम्हाले ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप