बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१० करोडमा मुम्बईको घर बेच्दै करिष्मा कपुर

आइतबार, ०४ माघ २०७७, ०८ : ०५
आइतबार, ०४ माघ २०७७

करिना कपुरकी दिदी करिष्मा कपुरले मुम्बईस्थित आफ्नो घर बेच्न लागेको खबर छ । करिष्माले यसबारे कुनै पुष्टि त गरेकी छैनन् तर भारतीय सञ्चार माध्यमले बेच्नका लागि उनले आफ्नो घर रजिस्टर गरेको जानकारी दिएका छन् । 
१० करोडमा घर बेच्दैः

डीएनएको खबर अनुसार करिष्मा कपुरले आफ्नो घर बेच्नका लागि २४ डिसेम्बर २०२० मा रजिस्टर गरेकी थिइन् । करिष्माले आफ्नो घर बिक्रिका लागि राखेको ज्यापकि वेबसाइटमा यसको मूल्य १०.११ करोड बताइएको छ । १,६११ स्क्वायर फिटमा फैलिएको घरलाई करिष्माले १० करोडमा बेचिरहेकी छिन् । यसअघि करिष्मा कपुरले सन् २०१८ मा आफ्नो बान्द्रास्थित घर १.३९ करोडमा बेचेकी थिइन् । 

करिष्माले बेच्न ठिक्क पारेको घर सन् २०२० मा खरिद गरेको बताइन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप