शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बिग बसकी ट्यालेन्ट म्यानेजरको सडक दुर्घटनामा मृत्यु

आइतबार, ०४ माघ २०७७, ०७ : ४३
आइतबार, ०४ माघ २०७७

बिग बस १४ की ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको एक सडक दुर्घटनामा मृत्यु भएको छ । उनी कलर्स प्रोग्रामिङ टीमकी सदस्य थिइन् र बिग बसमा मुख्य असिस्टेन्ट कोओर्डिनेटरको रुपमा काम गरिरहेकी थिइन् । शुक्रबार राती उनको फिल्म सिटीमा दुर्घटना भयो जसका कारण उनको ज्यान गएको छ । 

आफ्नो दुइ पाङ्ग्रे सवारी साधनबाट उनी लडेको र एक भ्यानिटी भ्यान उनीमाथि चढेको बताइएको छ । एक स्रोतका अनुसार अँध्यारोका कारण दुर्घटना भएको हो । स्पटबोयको रिपोर्टलाई विश्वास गर्ने हो भने विकेन्डको वारको सुटिङ पछि यस्तो दुःखद घटना भएको हो । 

पिस्ताको कुरा गर्नुपर्दा उनी यो क्षेत्रा निकै लामो समयदेखि सक्रिय थिइन् र टिभी कम्पनी एन्डेमोल शाइन इन्डियासँग जोडिएकी थिइन् । उनी बिग बसमा मात्रै नभई अन्य टिभी शोकी हिस्सा पनि थिइन् । उनले फियर फ्याक्टर खतरोंका खिलाडी र द भोइसका लागि पनि काम गरिसकेकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप