जो बाइडेनको शपथ समारोह अघि अमेरिकामा ‘हाई अलर्ट’
अमेरिका सबै ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा २० जनवरीमा हुने ‘इनगरेशन’ अघि सुरक्षा कडा पारिएको छ । यसै समारोहमा जो बाइडेनले राष्ट्रसित पदको शपथ लिनेछन् । सम्भावित हिंस्रक विरोध प्रदर्शनका कारण सबै राज्य अलर्टमा छन् ।
६ जनवरीमा भएको हिंसात्मक प्रदर्शन पुनः पैदा नहोस् भनेर देशभरी नेशनल गार्डको समूह वासिङ्टन पठाइएको छ । एफबीआईले पनि सबै ५० राज्यको राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीद्वारा सम्भावित सशस्त्र आन्दोलनको चेतावनी दिएको छ ।
डीसीमा नेशनल मललाई बन्द गरिएको छ । कडा सुरक्षाबीच राजधानीका सडकमा ब्यारिकेडिङ गरिँदै छ । बाइडेनको समूहले पहिले नै अमेरिकीलाई कामेरोना महामारीका कारण राजधानीको यात्रा गर्न बाट बच्न आग्रह गरेका छन् ।
स्थानीय अधिकारीले मानिसहरुलाई समारोह आ–आफ्नै घरबाट हेर्न अपिल गरेको छ । ट्रम्प समर्थकले १७ जनवरीमा पनि सशस्त्र आन्दोलनको धम्की दिएका छन् र वासिङ्टन डिसीमा र्याली निकाल्ने पनि बताएका छन् ।
यद्यपि, केही गुटले सुरक्षाको प्रबन्ध देखेर आफ्ना समर्थकलाई यसबाट टाढा रहन पनि बताइरहेका छन् ।
मेरिल्याण्ड, न्यू मेक्सिको र यूटामा सम्भावित विरोध प्रदर्शन अघि नै आपतकाल घोषणा गरिएको छ ।
क्यालिफोर्निया, पेन्सिल्वेनिया, मिशिगन, भर्जिनिया, वासिङ्टन र विस्कन्सिनले पनि आफ्ना नेशनल गार्डस्लाई सक्रिय गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई